काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताएकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरू नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताएकी हुन्। उनले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताइन्।
गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गरिन्। देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभइ राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुने बताइन्। बोल्दा हेक्क पुर्याएर बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौती दिइन्।
सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताइन्। प्रधानमन्त्रीले देशको गौरव बनाएर आउँदा किन छटपटी भयो ? भन्दै प्रश्न गरिन्। रास्वपाको राष्ट्रप्रेम पटक पटक घटनाक्रमहरू र तथ्य तथ्यांकहरूबाट देखिसकेको बताइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।