बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

स्पेन भ्रमण सफल भएको प्रधानमन्त्री ओलीको दाबी

स्पेन भ्रमण सफल भएको प्रधानमन्त्री ओलीको दाबी

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ २३ २०८२

  • 1.2K
    SHARES

  • स्पेन भ्रमण सफल भएको प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न आफू नेतृत्वको स्पेन भ्रमण सफल र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार प्रधानमन्त्री ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको  ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउनुभएको हो ।

    आफ्नो स्पेन भ्रमणबारे संसद् बैठकलाई जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको प्रतिनिधि मण्डलको भ्रमण सफल रहेको बताउनुभयो । भ्रमण अन्तर्राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण रहेको र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधारमा भूमिका खेलेको उहाँले जानकारी गराउनुभयो । 

    गोलमेच बैठकमा जलवायु परिवर्तन, खाद्य सुरक्षाजस्ता विषयमा महत्वपूर्ण छलफल भएको चर्चा गर्नुहुँदै उहाँले सो बैठकमा अन्तर्राष्ट्रि सहयोगको प्रतिबद्धता आएको बताउनुभयो । गोलमेच बैठकमा औपचारिक विकास सहयोग लगायत दिगो विकासको विषयमा समेत छलफल भएको बताउनुभयो । गोलमेच बैठकमा नेपालको छवि उच्च भएको बताउँदै उहाँले नेपालको एजेण्डा अन्तर्राष्ट्रियकरण गर्नसमेत सहयोग पुगेको प्रष्ट पार्नुभयो ।

    नेपाल अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका खेल्न सक्ने सक्षम राष्ट्रको पहिचान बनाएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रवाद, संरक्षणवाद बारेमा छलफल भई विश्वमा दिगो शान्ति समृद्धिका लागि र जलवायु परिर्वतनको क्षेत्रमा ठोस निर्णय गर्ने वातावरण निर्माण भएको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “वित्तिय स्रोत परिचालनसम्बन्धी अभियानमा नेपाल संलग्न भएको जानकारी गराएको छु, खानेपानी, सरसफाइसम्बन्धी काममा नेपालले राम्रो काम गरिरहेको र सो अभियानमा नेपाल निरन्तर लागेको जानकारी गराएँ ।”

    विकासशील देशले भोगिरहेको जलवायु परिवर्तनका कारण उत्पन्न हुने पीडा, समस्याबारेमा गम्भीर छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लागि नागरिकले निरन्तर खवरदारी गर्नुपर्ने विषयमा चर्चा भएको बताउनुभयो । सम्मेलनका क्रममा विभिन्न देशका राष्ट्र प्रमुखहरुसँगको भेटमा बहुपक्षीय विषयमा छलफल भएको जानकारी दिनुभयो । 

    सम्मेलनमा झण्डै ५० देशको राष्ट्रप्रमुखको सहभागिता रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यहाँ नेपालको प्रतिनिधित्व नेतृत्वदायी भएको बताउनुभयो । यस्तो भ्रमणले कूटनीतिक दृष्टिकोणले र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुग्नेगरेको उहाँले विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा नेपालमा लगानी गर्न आव्हान गरिएको र लगानीको वातावरण नेपालमा उचित रहेको जानकारी गराएको बताउनुभयो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २३ २०८२०३:३०:४४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend