बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ २३ २०८२

  • 696
    SHARES

  • प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

    काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। 

    आज दिउँसो १ बजे बस्ने  बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।  प्रधानमन्त्री ओलीले स्पेनमा भएका प्रगतिको  र समसामयिक राजनीतिक गतिविधिका बारेमा सदनलाई जानकारी दिने बर्तौलाको भनाइ छ। 

    आज बस्ने बैठकमा निजामतीको सेवा विधेयकमा भएको छेडखानी छानबनि गर्न आज संसदीय समिति घोषणा हुँदैछ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट २ वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राखि पठाएको विधेयक ‘सो प्रावधान निष्प्रभावी’ हुनेगरी पारित गरिएको थियो। 

    सत्तारुढ दलहरुले दबाबपछि शनिबार सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठकले यसबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो। 

    एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार कांग्रेसको नेतृत्वमा समिति बन्नेछ। समितिमा नेपाली कांग्रेस र एमालेबाट दुई÷दुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक÷एकजना सदस्य रहनेछन् । बिहान ११ बजे कार्यव्यवस्था तथा परामर्श समिति बैठक बस्दैछ । सोही बैठकले १५ वा २१ दिनको समयसीमा दिएर समिति गठन गर्नेछ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २३ २०८२०९:५०:२८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend