काठमाडौं । दुर्लभ वन्यजन्तु बाघको छालासहित ३ जना पक्राउ परेका छन । दाङको लमही नगरपालिकाबाट प्रहरीले उनिहरुलाई ९ फिट २ इञ्च लम्बाई भएको पाटे बाघको छालासहित पक्राउ गरेको बताएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशवराज सेन ठकुरी, वडा नं. ६ का ४१ वर्षीय विक्रम बुढामगर र बर्दियाका ३३ वर्षीय बनिल थारु छन् ।
उनिहरुलाई गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय, लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेयसमेतको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।