आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ज्वाईँले गरे सासु,ससुरा र सालोसहित श्रीमतीको हत्या

ज्वाईँले गरे सासु,ससुरा र सालोसहित श्रीमतीको हत्या

  • मिडिया डबली डेक्स
  • आइतवार, आषाढ २२ २०८२

  • 825
    SHARES

  • ज्वाईँले गरे सासु,ससुरा र सालोसहित श्रीमतीको हत्या

    काठमाडौं। भोजपुरको रामप्रसादराई गाँउपालिका-२ को धोर्लेखानीमा एकजनाले श्रीमतीसहित चारजनाको हत्या गरेका छन्। 

    भोजपुर नगरपालिका- २ घर भएका राजेन्द्र राईले श्रीमती, सासूससुरा र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईले ससुरा वेलबहादुर गिरी, सासू मञ्जु, श्रीमती मनिषा  र सालो सपन गिरीको हत्या गरेका हुन्।

    राईले घरायसी झगडाका क्रममा राति १२:३० तिर ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको  प्रारम्भिक बयान दिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। राईको पेटलगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल भोजपुरमा उनको उपचार भइरहेको जनाइएको छ।

    प्रहरीको टोलीले घटनाको थप अनुसरन्धान गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २२ २०८२१०:३८:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend