बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

राज्यमन्त्री चौधरीले आज राजीनामा बुझाउँदै

राज्यमन्त्री चौधरीले आज राजीनामा बुझाउँदै

  • मिडिया डबली डेक्स
  • आइतवार, आषाढ २२ २०८२

  • 951
    SHARES

  • राज्यमन्त्री चौधरीले आज  राजीनामा बुझाउँदै

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै छन्। 

    नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्। मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए। 

    थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘संसदीय दलको निर्णयअनुसार हाम्रो पार्टी प्रतिपक्षमा बस्ने हिजै निर्णय भइसकेको छ। म अहिले भैँसेपाटीमै छु। संसदीय दलको नेताले निर्देशन अनुसार आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदैछु।’

    हिजो बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ (चौधरी) को अध्यक्षतामा बसेको दलको बैठक प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो।  उक्त निर्णयसँगै राज्यमन्त्री चौधरी राजीनामा दिएर सरकारबाट बाहिरिने भएको हो। 

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २२ २०८२१०:११:३०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend