आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

यातायात क्षेत्र ब्यबस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता

यातायात क्षेत्र ब्यबस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता

  • मिडिया डबली डेक्स
  • शुक्रवार, आषाढ २० २०८२

  • 642
    SHARES

  • यातायात क्षेत्र ब्यबस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता

    काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र लाई थप ब्यबस्थित बनाउन     सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । यसका लागि नितिगत सुधार देखि कार्यान्वयनमा ध्यान दिएको उहाँको भनाइ छ ।

    यस्तै सवारी साधनहरुलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रवन्ध कडाईका साथ लागु गरिने पनि उहाँले बताउनु भएको छ ।  नेपाली सडक तथा संरचनाहरुको दिगो उपयोगका लागि भारबहन क्षमता कडाईका साथ लागु गर्न आवश्यक रहेको रहेको उहाँको भनाई छ । अधिक भारका मालबाहक सवारी साधनहरुका कारण नेपालका पुल तथा सडकहरुमा ठुलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सिमा क्षेत्र देखिनै यसको नियन्त्रण गरिने बताउनु भयो । 

    चन्द्रागिरी नगरपालिका ७ मा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन समारोहमा उहाँले नेपालका सडक, पुल लगायतका संरचनाहरुको संरक्षण सवैको दायित्व रहेको पनि उल्लेख गर्नुभयो । ‘हाम्रो भुबनोट तथा सडकको अवस्था अनुसार पुलहरुको निर्माण गरिएको हुन्छ’ मन्त्री दाहालले भन्नुभयो, ‘निश्चित भार क्षमताका ति संरचनामा जथाभावि अधिक भारका सवारी साधन त चलाउनु भएन नि, हाम्रा संरचनको संरक्षण गर्ने जिम्मेवारी हामी सवैको हो ।’

    उहाँले यातायात क्षेत्र संग सम्बन्धित विभिन्न कानुनहरु संसोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरि रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा व्यावसायिहरुले राखेका माग सम्बोधनमा मन्त्रालय सकारात्मक रहेको मन्त्री दाहालले बाताउनु भयो ।

    ‘विकासलाई उत्पादनसँग जोडौं’

    नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केहि भएन र हुँदैन भन्नेहरुको भ्रमलाई एशियन मापदण्डमा विस्तार भई रहेको पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी राजमार्गले चिरि रहेको समेत बताउनुभयो । 

    यस्तै उत्तर दक्षिण करिडोरका रुपमा निर्माण भई रहेका राजमार्गहरुले नेपाललाई चीन र भारतसँगको पहुँचलाई पनि बलियो बनाई रहेको मन्त्री दाहालको भनाई छ । यस्तै हुम्लामा समेत पुल बनेसँगै नेपालका सवै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोििडएको भन्दै उहाँले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको उल्लेख गर्नुभयो । ‘हामीले सडक तथा पुलहरु त बनायौं तर यो नै अन्तिम विकास होईन, यि संरचनाहरुको माध्यमबाट उत्पादन वृद्धी गर्न जरुरी छ’ मन्त्री दाहालले भन्नुभयो, ‘अब शहर र गाउँको दुरी टाढा रहेन, गाउँमा पनि उद्यमशिलताको विकास गर्न सहज भएको छ । त्यहाँ उत्पादित तथा प्रशोधित कृषि उपज लगायतका उत्पादनहरुलाई बजार सम्म ल्याएर उत्पादन वृद्धी तर्फ पनि हामीले ध्यान दिने बेला आएको छ ।’
    यातायात क्षेत्रलाई सुरक्षित बनाउने तर्फ समेत ध्यान दिइएको मन्त्री दाहालको भनाइ थियो ।

    समितिको सो भवन १ करोड ११ लाख रुपैयाको लागतमा निर्माण भएको अध्यक्ष कृष्णप्रसाद पन्तले जानकारी दिनु भयो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, यातायात व्यावसायि महासंघका अध्यक्ष बिजय स्वार, यातायात व्यावसायि, मजदुर नेता लगायतले बोल्नु भएको थियो ।  कार्यक्रममा भवन निर्माणमा योगदान गर्नेहरुलाइ सम्मान गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २० २०८२१२:३७:३५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend