काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पतीको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन्।
मंगलवार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उनले यस्तो बताए।
नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको बताए। उनले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताए।
उनले काठमाडौँ उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।