रुपन्देही । प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमवार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कात्तिक १७ गते सोमवार उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहोराको गएको चैत १९ गते निधन भएको थियो । बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गते सोमवार निर्वाचन हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पदमा २०८२ कात्तिक १७ गते सोमवारका दिन उपनिर्वाचन गर्नेगरी निर्वाचन गर्ने निर्णय भएको छ ।’
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रिक्त पदमा निर्वाचन गराइएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।