काठमाण्डौ । नुवाकोटको ककनी गाउँपालिका १ को भसिबुमा पर्ने बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
भसिबुमै पहिरोले तीन वटा गोठ बगाएको छ भने पहिरोमा परी स्थानीय अशोक बलामी घाइते हुनुभएको छ । उनलाई उद्धार गरी उपचारका लागि काठमाण्डौ ल्याइएको डिएसपी थापाले जानकारी दिनुभयो ।
यस्तै डोल्पाको काईके गाउँपालिका–४ रिवामा पहिरोले १५ वटा घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोमा परी तीन जना घाइते भएका र उनीहरुको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।