काठमाडौं । लागु औषध नियन्त्रणका लागि विभाग गठन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
बिहीबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा सरकारले लागु औषध नियन्त्रण ब्यूरो स्थापना गर्ने बताए । लागु औषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री लेखकले त्यसका लागि विभाग गठन गरिने बताएका हुन् ।
उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।