बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

विष्णुमतीमा बाढी : कारसँगै बगेकी महिलाको सकुशल उद्धार

विष्णुमतीमा बाढी : कारसँगै बगेकी महिलाको सकुशल उद्धार

  • मिडिया डबली डेक्स
  • बिहिवार, आषाढ १२ २०८२

  • 318
    SHARES

  • विष्णुमतीमा बाढी : कारसँगै बगेकी महिलाको सकुशल उद्धार

    काठमाण्डौ । काठमाण्डौको टोखामा विष्णुमती खोलाको बाढीले कारसहित बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

    हिजो राति झन्डै १० बजेतिर टोखाको ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी टोली र स्थानीयवासीले सकुशल उद्धार गरेका हुन् ।

    बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कार गएराति करिब १० बजे खोलामा बसेर बाढीमा बगेको थियो । प्रहरीका अनुसार कार चालक तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।

    गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याउँदै गएर बानियाटार पुलबाट उद्धार गरेको हो ।  उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । खोलाले बगाएको कार क्रेनको सहायताले निकालिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १२ २०८२०९:२२:३०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend