आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आम जनता पार्टीद्वारा प्रधानमन्त्री ओलीको तत्काल राजीनामाको माग

आम जनता पार्टीद्वारा प्रधानमन्त्री ओलीको तत्काल राजीनामाको माग

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र २३ २०८१

  • 1.4K
    SHARES

  • आम जनता पार्टीद्वारा प्रधानमन्त्री ओलीको तत्काल राजीनामाको माग

    काठमाण्डौ । आम जनता पार्टीद्वारा आज काठमाण्डौमा आयोजित ‘तेश्रो जनआन्दोलन’ भव्य रूपमा सम्पन्न भएको छ। ‘दलाल दलतन्त्र’ विरुद्धको यो आन्दोलनमा देशभरिबाट सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता देखिँदा जनआक्रोशको घनत्व स्पष्ट देखिएको छ।

    कार्यक्रममा सहभागी जनसमूहले वर्तमान राजनीतिक संरचना र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वविरुद्ध आक्रोश व्यक्त गर्दै सशक्त नाराबाजी गरेका थिए। आन्दोलनको क्रममा पार्टीले प्रधानमन्त्री ओलीको तात्कालिक राजीनामा माग गर्दै वर्तमान दलतान्त्रिक व्यवस्थाले जनअपेक्षा पुरा गर्न नसकेको आरोप लगाएको छ।

    आम जनता पार्टीका नेताहरूले अबको निकास ओली नेतृत्वको अन्त्य र वैकल्पिक जनमुखी शासन प्रणालीको सुरुवात भएको जिकिर गरे। उनीहरूले भने, “देशमाथि थोपिएको दलतन्त्र र भ्रष्ट नेतृत्व अब सह्य छैन। प्रधानमन्त्री ओलीले जनताको आवाज सुनी तुरुन्त पदबाट राजीनामा दिनुपर्छ।”

    उक्त आन्दोलनलाई जनमतको निर्णायक संकेतका रूपमा लिँदै पार्टीले नयाँ राजनीतिक विकल्पको तयारी थालिएको पनि बताएको छ। आन्दोलनको प्रभाव र जनसहभागिता हेर्दा ओली सरकारको नैतिक धरातल थप कमजोर बनेको विश्लेषण गरिँदैछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०७७०८:५१:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend