आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन उल्लंघन गरेपछि स्वास्थ्यमन्त्रीले दिए राजीनामा

लकडाउन उल्लंघन गरेपछि स्वास्थ्यमन्त्रीले दिए राजीनामा

  • मिडिया डबली
  • बिहिवार, आषाढ १८ २०७७

  • 40.1K
    SHARES

  • लकडाउन उल्लंघन गरेपछि स्वास्थ्यमन्त्रीले दिए राजीनामा

    काठमाडौँ- सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको लकडाउन उल्लंघन गरेपछि न्यूजील्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले पदबाट राजीनामा दिएका छन् ।

    लकडाउनको नियम उल्लंघन गरेपछि चौतर्फी आलोचना भएपछि उनले स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएका समाचार माध्यम रोयटर्सले जनाएको छ। मन्त्री क्लार्कले लकडाउन नियमको उल्लंघन गर्दै परिवारसँग घुम्न समुद्र तटमा गएका थिए।

    यस घटनालाई आलोचना बढेपछि मन्त्री क्लार्कले बिहीबार प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नसमक्ष राजीनामा बुझाएका हुन् । सुरुमा क्लार्कको राजीनामा लिन अस्वीकार गरेकी प्रधानमन्त्री ज्यासिन्डाले पछि स्वीकृत गरेकी हुन् ।

    कोरोनाभाइरस रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रीको राजीनामा लिन प्रधानमन्त्री ज्यासिन्डाले अस्वीकार गरेकी थिइन् । क्लार्कको राजीनामा स्वीकृत गरेसँगै प्रधानमन्त्री ज्यासिन्डाले शिक्षामन्त्री क्रिस हिपकिन्सलाई अन्तरिम स्वास्थ्य मन्त्रीको रूपमा नियुक्त गरेका छन्।

    क्रिस हिपकिन्सले सेप्टेम्बरमा चुनाव नभएसम्म स्वास्थ्य मन्त्रालयको पदभार लिनेछन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २३ २०८१०५:४६:५७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend