आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीमण्डलको जिम्मा नलिने घोषणा

प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीमण्डलको जिम्मा नलिने घोषणा

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 7.9K
    SHARES

  • प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीमण्डलको जिम्मा नलिने घोषणा

    लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन् ।

    लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् ।

    लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजारौँ व्यक्ति घाइते भएका थिए । 

    अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो । 

    “म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु,” अदीबले टेलिभिजन सम्वोधनमा भने।  

    “मैले सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएकोमा लेवबानी जनतासँग माफी माग्न चाहन्छु ,” उनले भने ।  

    धेरै धार्मिक समूहद्वारा पास भएर सरकार गठन हुने हुँदा लेबनानमा सरकार गठनमा प्रायः महिनौं लाग्छ । यसका लागि विनाशकारी १९७५ देखि १९९० सम्म भएको गृहयुद्धलाई अन्त्य गर्न गरिएका प्रमुख निर्णयहरूमा मुख्य दलहरूबीच सहमति आवश्यक पर्दछ । धेरैथरी धार्मिक समुदाय भएको यो राज्यमा सत्ता समीकरणका लागि भएको सहमतिका कारण सरकार गठन प्रक्रिया झन्झटिलो रहेको छ ।

    लेबनानका ठूला शिया समुदायहरू अमल र हेज्बुल्लाको प्रतिनिधित्व गर्ने दुई मुख्य पार्टीहरुले नयाँ लाइनमा अगाडि बढ्ने अदीबको प्रयासहरुलाई सहयोग नगरेपछि सरकार गठन प्रक्रिया सफल हुननसकेको उनको दावी छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २३ २०८१०५:४६:५७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend