आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गणतन्त्रवादी र राजावादी समुहको छुट्टाछुट्टै प्रदर्शन आज

गणतन्त्रवादी र राजावादी समुहको छुट्टाछुट्टै प्रदर्शन आज

  • मिडिया डबली डेक्स
  • शुक्रवार, चैत्र १४ २०८१

  • 1.2K
    SHARES

  • गणतन्त्रवादी र राजावादी समुहको छुट्टाछुट्टै प्रदर्शन आज

    काठमाडौं ।  काठमाडौँमा आज गणतन्त्रवादी र राजावादीले  छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। 

    चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ। मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ। 

    मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्दै बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ। 

    त्यस्तै विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ। यसैगरी  राजतन्त्रको पक्षमा राजावादी दलहरुसहितको अभियानले आज काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने भएको छ। राजतन्त्रको पक्षमा अभियान चलाएका दुर्गा प्रसाईले घोषणा गरेपछि यस प्रदर्शनको नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अपनत्व लिदै सहभागी हुन आव्हान गरेको छ। 

    साथै सुवेदी नेतृत्वको समितिले राजतन्त्र फर्काउने आन्दोलनको जनकमाण्डर दुर्गा प्रसाईलाई बनाएको छ। आजको प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल जस्ता राजावादी दलहरुले पनि सक्रिय सहभागिता जनाउने बताएका छन्।

    प्रशासनले आज राजावादी र गणतन्त्रवादी दुवैको प्रदर्शन हुने भएपछि सम्भावित झडपलाई ध्यानमा राख्दै राजवादीहरुलाई रिङरोडमा प्रदर्शन गर्दै तिनकुनेमा सभा गर्न अनुमति दिएको छ।

    दुवै पक्षको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको बताएको छ। आजको प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताइएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०४:३४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend