आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सडक बनाउन नसक्दा जनताको खप्की खानु परेको बास्कोटाको गुनासो

सडक बनाउन नसक्दा जनताको खप्की खानु परेको बास्कोटाको गुनासो

  • मिडिया डबली डेक्स
  • मंगलवार, चैत्र ११ २०८१

  • 867
    SHARES

  • सडक बनाउन नसक्दा जनताको खप्की खानु परेको बास्कोटाको गुनासो

    काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनिको राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको खप्की खानु परिरहेको गुनासो गरेका छन्।

    मंगलवार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिए पनि ‘जनताले अहिले नै चौरासी’ गर्न लागिसके भन्दै व्यंग्य गरे। 

    उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरु शुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए। 

    केरुङ नाका नखुल्दासम्म अरनिको राजमार्ग चीन जोड्ने एउटैमात्र माध्यम भएकाले समयमै निर्माण गर्न आग्रह गरे। 

    अरनिको राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा किन भएन भन्दै प्रश्न गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७११:५१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend