आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
७० करोड घुस काण्ड

७० करोड काण्ड : बाँस्कोटाको जागिर खाइदिने विजयप्रकाश मिश्रले मुख खोले

७० करोड काण्ड : बाँस्कोटाको जागिर खाइदिने विजयप्रकाश मिश्रले मुख खोले

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 9.6K
    SHARES

  • ७० करोड काण्ड :  बाँस्कोटाको जागिर खाइदिने  विजयप्रकाश मिश्रले मुख खोले

    काठमाडौं - तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस काण्डको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रले आफू नभागेको बताएका छन् ।

    बुधबार विज्ञप्ति जारी गरेर मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उक्त प्रकरणमा सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन आफू जापान आएको बताएका हुन् ।

    ‘म फरार भएको भनी गरिएका प्रचारहरू गलत हुन्, अख्तियारको पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन म आएको हुँ’, उनले भने, ‘नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भनी प्रचार गरियो ।’

    बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो गत जेठमा सार्वजनिक भएको थियो । अडियो सार्वजनिकसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिएका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रको नाममा बुधबार नै सात दिने सूचना जारी गरेको छ । कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको अपराधबाट उम्कन सक्दैन भन्दै मिश्रले भनेका छन्, ‘सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रिन चरित्र हो ।’

    उनले आफूलाई भाग्यो भनेर आरोप लगाउनु न्यायलाई विचलित पार्न, अनुसन्धानलाई फितलो बनाउन, जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रोपोगान्डा भएको दाबी गरेका छन् ।

    ‘सेक्युरिटी प्रिन्टिङ प्रकरणमा बाहिर आउन बाँकी कुराहरू अझै गर्भमा दबिएर बसेका छन्, यी सबै प्रमाणहरू अख्तियारसमक्ष पेश गरिने छ’, उनले भनेका छन् ।

    कसैको दबाब वा कुरा सुनेर आफू नबहकिने पनि मिश्रले बताएका छन् । उनले भने, ‘एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्नुपर्ने कुरा मलाई राम्ररी थाहा छ ।’

    1.jpg

    2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७११:०४:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend