आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री थापा विरुद्ध उत्रिए गोकुल बास्कोटा, दिए यस्तो दनक 

गृहमन्त्री थापा विरुद्ध उत्रिए गोकुल बास्कोटा, दिए यस्तो दनक 

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 17.6K
    SHARES

  • गृहमन्त्री थापा विरुद्ध उत्रिए गोकुल बास्कोटा, दिए यस्तो दनक 

    काठमाडौं–यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै  पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले गृहमन्त्रालयको आलोचना गरेका छन् ।

    हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ । उनले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गरेका छन् ।

    बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ?तत्काल हटाऊ ।’

    एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने र फेरि अर्को बस चढाउने गर्दा यात्रुहरुले सास्ती पाएकाले तत्काल यस्तो नियम हटाउनुपर्ने बास्कोटाको सुझाव छ ।

    सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन् । तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरुले गाडी बदल्नुपर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १८ २०७७०३:१६:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend