आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

७० करोड कान्ड : अख्तियारले जारी गर्यो यस्तो पत्र, मान्छेको भागाभाग !

७० करोड कान्ड : अख्तियारले जारी गर्यो यस्तो पत्र, मान्छेको भागाभाग !

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 11.1K
    SHARES

  • ७० करोड कान्ड : अख्तियारले जारी गर्यो यस्तो पत्र, मान्छेको भागाभाग !

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागिएको घटनालाई चाँडै टुंग्याउने तयारी गरेको छ ।

    त्यसका लागि अख्तियारले बुधबार विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । जबकि मिश्र दुई महिनाअघि नै जापान भागिसकेको समाचार आइसकेको छ ।

    अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ । तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि मिश्रलाई बोलाएको हो । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृतसमक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुनबमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।

    सो अडियो मिश्रले नै गोप्य रुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप लगाउँदै बास्कोटाले उनलाई कारबाही गर्न अदालतमा मुद्दा हालेका छन् । मिश्रले

    सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए ।

    bijayamisra.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७११:०४:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend