आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
डबली बिशेष

७० करोड प्रकरण : बार्गेनिङ गर्नेलाई पुरस्कृत, सूचना बाहिर ल्याउनेलाई कारबाही

७० करोड प्रकरण : बार्गेनिङ गर्नेलाई पुरस्कृत, सूचना बाहिर ल्याउनेलाई कारबाही

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 27.1K
    SHARES

  • ७० करोड प्रकरण : बार्गेनिङ गर्नेलाई पुरस्कृत, सूचना बाहिर ल्याउनेलाई कारबाही

     काठमाडौं - केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार कतिसम्म भ्रष्टाचारमा डुबेको छ भन्ने ज्वलन्त उदाहरण ७० करोड घुसकाण्ड बनेको छ ।

    दूरसञ्चारको ठेक्का प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले एजेन्ट विजय मिश्रसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो क्लिप्स बाहिरिएको थियो । बहालवाला मन्त्रीले नै घुस मागेको अडियो बाहिरिएपछि गत वर्ष फागुन ६ गते सञ्चारमन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

    उनले आफूले घुस नमागेको प्रस्टीकरण पनि दिएका थिए । बास्कोटा प्रधानमन्त्री ओलीका अति विश्वासपात्र थिए । सरकारले गरेका कामको बचाउ गर्ने काम उनले नै गर्दै आएका थिए ।

    त्यति मात्र होइन, बास्कोटा प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा बस्दै आएका थिए । हालै मात्र उनी आफ्नो नयाँ घरमा सरेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले भक्तपुरको एउटा क्याम्पसको मुद्दामा ८० लाख घुस लिएको र पछि फिर्ता गरेको अडियो सार्वजनिक भएको थियो । जसमा उनी कारबाहीको भागीदारसमेत बने ।

    उनीविरुद्ध कारबाही गर्न प्रमाण पर्याप्त भयो । तर, अहिले त्यस्तै प्रकृतिको मुद्दामा प्रमाण नपुगेको भन्दै बास्कोटालाई चोख्याउने प्रपञ्च भइरहेको छ । त्यसका लागि दैनिक पत्रिकासमेत प्रयोग भएका छन् ।

    बास्कोटालाई उन्मुक्ति दिन अख्तियारले भित्रभित्रै तयारी गरिरहेको तथ्य सार्वजनिक भइसकेको छ । त्यति मात्र होइन, अब हुने मन्त्रिपरिषद् पुनर्गठनमा बास्कोटालाई फेरि सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी छ ।

    त्यसकै लागि घुसकाण्डको अडियो सार्वजनिक गर्ने एजेन्ट विजय मिश्रलाई कारबाहीको तयारी हुँदैछ । उनलाई मुख्य अभियुक्त घोषणा गर्ने कम्युनिस्ट सरकारको योजना छ ।

    प्रधानमन्त्री ओली जब जब आफ्ना सरकारका मन्त्री भ्रष्टाचार वा अनियमिततामा मुछिन्छन्, तबतब प्रस्टीकरण दिन टेलिभिजन अन्तर्वार्तामा आइपुग्छन् ।

    उनले अहिलेसम्म एकजना भ्रष्ट मन्त्रीलाई कारबाही गर्न सकेका छैनन् । बरु उनीहरूको संरक्षण र बचाउ गर्दै आएका छन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल जो जनतामा गन्हाइसकेका छन्, तिनीहरूको रक्षाकवचमा ओली देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७११:०४:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend