आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अख्तियारले ‘क्लिन चिट’ दिन लागेका गोकुल बाँस्कोटा फेरी मन्त्री बन्दै!

अख्तियारले ‘क्लिन चिट’ दिन लागेका गोकुल बाँस्कोटा फेरी मन्त्री बन्दै!

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 9.3K
    SHARES

  • अख्तियारले ‘क्लिन चिट’ दिन लागेका गोकुल बाँस्कोटा फेरी मन्त्री बन्दै!

    काठमाडौं– पूर्वमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘क्लिन चिट’ दिने तयारी गरेको छ। ७० करोड रुपैयाँ घुसबारे बार्गेनिङ गरेको आरोप खेपेका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियारले ‘क्लिन चिट’ दिने तयारी गरेको हो । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाई गरेको भनिएको अडियो रेकर्ड सार्वजनिक भएको थियो । 

    सो अडियो सार्वजनिक भएपछि अनुसन्धानलाई सहजता प्रदान गर्न भन्दै २०७६ फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका थिए। 

    आरोपी बाँस्कोटाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेको भनि उजुरी तामेलीमा राख्ने तयारी अख्तियारको छ । सो उजुरीमाथि गरिएको भनिएको अनुधानको प्रतिवेदनमा ‘बाँस्कोटाले घुस लिएर खाएको प्रमाणित नहुने’ उल्लेख गरिएको छ । सो प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको स्रोतको दावी छ ।

    अनुसन्धान थालेको ६ महिनापछि उजुरीलाई तामेलीमा राख्न लागेको अख्तियारबाट क्लिन चिट पाउन लागेका बाँस्कोटा फेरि मन्त्री बन्न लागेको राजनीतिक वृत्तमा चर्चा पनि हुन थालेको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका बेला अख्तियारबाट बाँस्कोटाले क्लिन चिट पाउन लागेका हुन् । प्रधानमन्त्री ओलीको अतिविश्वास पात्र र भरपर्दो नेताको परिचय बनाएका बाँस्कोटा पुनः मन्त्री बन्न सक्ने आँकलन गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७११:०४:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend