आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोकुल बाँस्कोटाको जागिर खाइदिने मिश्रलाई अख्तियारले बोलायो, के हो कारण? 

गोकुल बाँस्कोटाको जागिर खाइदिने मिश्रलाई अख्तियारले बोलायो, के हो कारण? 

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 7.8K
    SHARES

  • गोकुल बाँस्कोटाको जागिर खाइदिने मिश्रलाई अख्तियारले बोलायो, के हो कारण? 

    काठमाडौं– पूर्वमन्त्री एवं नेकपाका नेता गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रलाई अख्तियार दुरूपयोग आयोगले बयानका लागि बोलाएको छ । 

    अख्तियारले मंगलबार सातदिने सूचना जारी गर्दै मिश्रलाई बयानका लागि बोलाएको हो ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भएकाले उपस्थित हुन अख्तियारले उनलाई भनेको छ । 

    स्विस कम्पनीका स्थानीय एजेन्ट बताउने मिश्रले गत फागुनमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गरेका थिए । उक्त अडियो सार्वजनिक लगत्तै बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिए पनि त्यो फेक भएको बताउँदै आएका छन् । 

    यसबारे उजुरी परेपछि छानबिन थालेको अख्तियारले कमिसन अडियो प्रकरणमा जोडिएका मिश्रलाई बयानका लागि बोलाएको साँघु साप्ताहिकले लेखेको छ। 

    अख्तियारले ७ दिनभित्र आयोगको प्रहरी महाशाखाका अनुसन्धान अधिकृतसँग सम्पर्क राख्न भनेको छ । उक्त समयभित्र उपस्थित नभएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७११:०४:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend