आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आइपीएलको उद्घाटन खेलमा आरसीबी विजयी

आइपीएलको उद्घाटन खेलमा आरसीबी विजयी

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र ९ २०८१

  • 999
    SHARES

  • आइपीएलको उद्घाटन खेलमा आरसीबी विजयी

    काठमाडौं । साबिक विजेता कोलकता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै रोयल च्यालेन्र्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आईपिएल) को उद्घाटन खेलमा सानदार सुरुवात गरेको छ ।

    गएराति भएको खेलको जितपछि आरसिबीले दुई अंक जोडेको छ।  कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७५ रनको लक्ष्य दिएको थियो। १७६ रनको लक्ष्य आरसिबीले  १६ दशलमव २ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो। 

    आरसिबीको जितमा ओपनरद्वय विराट कोहली र फिल साल्टले ९५ रनको साझेदारी गरे। कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए। उनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरे। टी-२० क्रिकेटमा उनको चार सयाैं म्याच हो। 

    साल्टले आक्रमक ब्याटिङ गर्दै ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रन बनाए। कप्तान रजत पटिदारले ३४ रनको योगदान गरेका थिए ।

    कोलकत्ताको लागि बैभव आरोरा, बरुन चक्रभर्ती र सुनिल नारिनेले समान एक विकेट लिए।

    यसअघि कोलकाताको लागि अजिंक्य रहाणेले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए। रहाणेले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। सुनील नारेनेले  ४४ रन बनाएका थिए ।

    पाँच बलमा चार रन बनाएका क्विन्टन डी कक आउट भएपछि रहाणे र नारिनेले ५५ बलमा १०३ रनको साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरतर्फ बढाएका थिए। तर मध्यक्रम नचल्दा कोलकता  पराजित हुन पुग्यो।  आङकृश रघुवंशीले ३० तथा रिंकु सिंहले १२ रनको योगदान गरे। 

    आरसिबीका लागि क्रुनल पाड्याले तीन विकेट लिए यसबाहेक जस हैजलवुडले दुई तथा यस डायल, रसिख सालम र सुयश शर्माले समान एक विकेट हात पारेका थिए।

    आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्नेछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक २५ २०७७०७:५०:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend