आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आइपीएल : सुपर ओभरमा आरसीबीको दोस्रो जीत

आइपीएल : सुपर ओभरमा आरसीबीको दोस्रो जीत

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 7.1K
    SHARES

  • आइपीएल : सुपर ओभरमा आरसीबीको दोस्रो जीत

    काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो जित हात पारेको छ। दुबईमा गएराति भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

    सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनाएको थियो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनाउँदै खेल आफ्नो पक्षमा पा¥यो । सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको योगफल बनाएका थिए भने काइरन पोलार्डले अविजित ६० रन बनाए । कप्तान रोहित शर्मा ८ रनमा आउट भए भने हार्दिक पाण्ड्या र क्विनटन डी ककले समान १४ रन जोडे । बैंगलोरका इशुरु उडानाले २ विकेट तथा एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १÷१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडिक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले अविजित ५५ रन जोडेका थिए भने पाडिक्कलले ५४ तथा आरोन फिन्चले ५२ रन बनाए ।

    शिबम दुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली भने ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए । जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो भने दोस्रो खेलमा पन्जाबसँग ९७ रनले पराजित भएको थियो । मुम्बईको भने यो दोस्रो हार हो । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र ९ २०८१०७:२९:३४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend