काठमाडौं । १३ औँ संस्करणको आइपीएल अहिले संयुक्त अरब इमिरेड्स (यूएई)मा जारी छ। बुधबार राती सकिएको खेलमा राजस्थान रोयल्सले उपाधीको दाबेदार मानिएको चेन्नई माथी सानदार जित दर्ता गर्याे राजस्थान धुवाँदार ब्याट्सम्यान स्मीथको कप्तानीमा छ भने चेन्नई विश्वकै सफल मध्येका कम्पता महेन्द्रसिंह धोनीको कप्तानीमा।
हिजो धोनीका ब्याट्सम्यानहरुलाई स्मीथका बलरहरुले धुलो चटाए र १६ रनले हार चखाए। यस अघि मुम्बइलाई हराएर बलियो आत्मबल लिएर मैदानमा आएको चेन्नई र पहिलो जितको खोजीमा आएको राजस्थानमध्ये राजस्थान बलियो देखियो। राजस्थानले पुरा २० ओभर नै खेलेर २१७ रनको विशाल लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा आएको चेन्नई २० ओभरमा ६ वीकेट गुमाएर मात्र २ सय रन बनाउन सक्यो। चेन्नईका लागि डुप्लेसीले ७२ रनको बटुले पनि जितका लागि पर्याप्त भएन। त्यस्तै सेन वासटनले ३३, जादभले २२, विजयले २१, सामले १७ रन जोडेका थिए। कप्तान धोनी २० रनमा नटआउटमा रहेपनि जित दर्ता भएन।
राजस्थानका लागि राहुल टेबाटियाले ३ वीकेट, श्रेयास, जोफ्रा, टोम कुरानले एकेक वीकेट हात पारे। टस हारेर ब्याटिङमा आएको राजस्थानले माज्ञ ७ वीकेट गुमायो। राजस्थानका लागि सन्जु सामसन र कप्तान स्मिथे अर्धशतकिय पारी सम्हाले।
साम्सनले ३२ बलमा ७४ रन जोडे, स्मिथले ४७ बलमा ६९ रन, त्यस्तै आर्चररले आक्रमक ब्याटिङ गर्दै २७ रनमा अबिजित रहे। टोम कुरानले १० रन जोडे। चेन्नइका लागि साम कुरानले ती वीकेट लिए, दिपक चाहर, चावाला, एनजीडीले एकेक वीकेट लिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।