आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इजरायलले गर्‍यो हमासविरुद्ध पुनः आक्रमण

इजरायलले गर्‍यो हमासविरुद्ध पुनः आक्रमण

  • एजेन्सी
  • बिहिवार, चैत्र ६ २०८१

  • 570
    SHARES

  • इजरायलले गर्‍यो हमासविरुद्ध पुनः आक्रमण

    इजरायलले गाजा क्षेत्रमा हवाईसँगै स्थलगत आक्रमणलाई तीव्र बनाएको छ। युद्धविराम जारी रहेकै वेला तीनअघि इजरायलले हमासविरुद्ध पुनः आक्रमण गरेको हो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई दिनमै ४३० जनाको मृत्यु भएको जनाएको छ। 

    मंगलबारयता मात्रै गाजा क्षेत्रमा १८३ बालबालिकासहित ४३६ जनाको मृत्यु भइसकेको अलजजिराले उल्लेख गरेको छ। इजरायली सुरक्षा बल आईडीएफले आफ्नो सेना स्थलगत आक्रमणका लागि नेत्जारिम करिडोरमा पुगेको बताएको छ। यो करिडोरले गाजालाई उत्तर र पश्चिममा विभाजित गर्छ। आईडीएफको पछिल्लो आक्रमणसँगै गत जनवरीमा शुरु भएको युद्धविराम सम्झौता समाप्त भएको देखिएको बीबीसीले जनाएको छ। 

    यसअघि संयुक्त राष्ट्र संघले डेर अल-बलाहस्थित कार्यालय परिसरमै इजरायली बम खस्दा आफ्ना एक कर्मचारीसहित २ जनाको मृत्यु भएको बताएको थियो। गाजा क्षेत्रमा अझै ५९ जना इजरायली बन्धक छन्, जसमा नेपालका विपिन जोशीसमेत छन्। इजरायलले तीमध्ये जिवित रहेको ठानिएका २४ जनासहित सबैलाई तत्काल हस्तान्तरण गर्न हमासलाई दबाब दिँदै आएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०८१०७:४९:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend