काठमाडौं । बर्दियाको मधुवन नगरपालिकामा चितुवाले आक्रमण गर्दा दुई वर्षीय बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो ।
मधुवन नगरपालिका वडा न ७ भाटचोकमा शनिवार बेलुकी ८ बजेतिर आँगनमा खेलिरहेको बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। रिहानकी आमा रचना छोरा रिहानलाई लिएर सानीआमाको घरमा आएकी थिइन्।
आँगनमा खेलिरहेको बालक हराएपछि घरपरिवारले हारगुहार गरेका थिए। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरबाट५०० मिटर दक्षिणपूर्व खेतमा बेलुकी ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।