आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युक्रेनमा रुसको आक्रमण, २३ जनाको मृत्यु

युक्रेनमा रुसको आक्रमण, २३ जनाको मृत्यु

  • एजेन्सी
  • आइतवार, फाल्गुण २५ २०८१

  • 483
    SHARES

  • युक्रेनमा रुसको आक्रमण, २३ जनाको मृत्यु

    रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। कम्तीमा ५० जना घाइते भएका युक्रेनी आपत्कालीन सेवाले जनाएको छ ।

    दोनेत्स्क क्षेत्रमा शुक्रबार राति रुसी सेनाले गरेको आक्रमणमा २० जनाको मृत्यु भएको हो। ४३ जना घाइते भएका छन्। युक्रेनी अधिकारीका अनुसार आक्रमणमा कम्तीमा आठ आवासीय र एक प्रशासनिक भवन क्षतिग्रस्त भएका छन्। 

    शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन आक्रमणमा परी ३ जनाको ज्यान गएको खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले जनाएका छन् । आक्रमणमा सात जना घाइते भएका छन्।

    रुसले प्रहार गरेका ३१ ड्रोनलाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा २६ र ब्रायान्स्कको सीमावर्ती क्षेत्रमा तीनवटा ड्रोन रोकेको जनाएको हो। 

    ट्रम्पले रुसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउनेबारे दृढतापूर्वक विचार गरिरहेको प्रतिक्रिया दिए लगत्तै रुसले आक्रमण तीव्र पारेको हो। रुसले युद्धको मैदानमा युक्रेनलाई पूर्ण रूपमा प्रहार गरिरहेको ट्रम्पले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०८१०९:५४:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend