आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाण्डौको चन्द्रागिरिमा रहेको प्लास्टिक उद्योगमा आगलागी

काठमाण्डौको चन्द्रागिरिमा रहेको प्लास्टिक उद्योगमा आगलागी

  • मिडिया डबली डेक्स
  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 738
    SHARES

  • काठमाण्डौको चन्द्रागिरिमा रहेको प्लास्टिक उद्योगमा आगलागी

    काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरिमा आगलागी भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बोसीगाँउमा हिराकाजी महर्जनको जग्गा भाडामा लिई रमेश पोदारले सञ्चालन गरेको आरएमबी प्लास्टिक प्याकेजिङ हाउसमा गएराति साढे १ बजेदेखि आगलागी भएको हो ।

    सात वटा दमकल र  विभिन्न ठाउँबाट आएको १५ वटा पानी ट्याङकरको प्रयोगमार्फत आज बिहान ६ बजे आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चन्द्रागिरि नगरपालिकाको दमकल, विशाल बजार वारुण यन्त्र दमकल, बालाजुको वारुण यन्त्र दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटिको दमकल  र बुढानीलकण्ठ नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो । क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८११०:२६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend