आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वडाकार्यालयमा आगलागी, सबै सेवा बन्द

वडाकार्यालयमा आगलागी, सबै सेवा बन्द

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 3.6K
    SHARES

  • वडाकार्यालयमा आगलागी, सबै सेवा बन्द

    कञ्चनपुर-  कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्वर ७ को वडा कार्यालयमा बुधबार आगलागी भएको छ । वडा कार्यालयको झ्यालको सिसा फुटाइ अज्ञात समूहले आगजनी गरेको हो ।

    वडा अध्यक्ष जगत सिहंले वडा कार्यालयमा आगजनी भएको बिहीवार विहान मात्र थाहा पाएको बताएका छन् । उनले वडा कार्यालयको झ्यालको सीसा फुटेको, पर्दा जलेको, सोफा, कम्पुयटर र सम्पूर्ण आवश्यक आगजात जलेर नष्ट भएको जानकारी दिएका छन् ।

    वडा कार्यालयमा आगजनी भएपछि वडाबाट प्रदान हुने सबै सेवा बन्द भएको छ । बन्द भएपछि स्थानीयलाई सेवा लिन गाह्रो भएको छ । यसरी वडामा आगो लगनाउनेलाई कडा भन्दा कडा कार्वाही गर्न स्थानीले माग गरेका छन ।

    सिहंले दोषिलाइ कानूनको दायरमा ल्याउन प्रहरीलाइ क्रियासील बनाएको र सबै नागरिकलाइ यस्तो कुरुरतामा संलगन व्यक्तीको खोजी कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् । घटना किन र कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०२:५०:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend