काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ । आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको छ ।
गएको मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बिहिवार ४९ अङ्क भन्दा धेरैले बढेको नेप्से आज पनि उच्च अङ्कले बढेको हो । नेप्से गएको भदौ ९ गतेयताकै उच्च विन्दुमा पुगेको हो ।
भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा दुई हजार आठ सय ९४ विन्दुमा थियो । नेप्सेसँगै कारोबार रकम पनि भदौपछिकै उच्च भएको छ । आज बजारमा १४ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको छ । गएको भदौ ११ गते १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो ।
त्यसपछि आज पहिलोपल्ट कारोबार रकम १४ अर्ब रुपैयाँ नाघेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै उपसमूहको शेयर बढेकोमा फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा र उत्पादन समूहको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । आज पाँच वटा कम्पनीमा सकरात्मक सर्किट लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।