आइतवार, आश्विन ३१ २०७८Oct 17 2021

Logo
images
images
images

शेयर बजारमा यत्रो पहिरो किन गयो ? यस्तो छ कारण

शेयर बजारमा यत्रो पहिरो किन गयो ? यस्तो छ कारण

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८

  • 1.1K
    SHARES

  • शेयर बजारमा यत्रो पहिरो किन गयो ? यस्तो छ कारण

    काठमाडौं – ११४ दशमलव ०२ अंक अर्थात् ४ दशमलव ०५ प्रतिशतको पहिरोका साथ सोमवार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ विन्दुमा झर्दा कूल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दैछन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूूल्यमा सर्वसाधारणको शेयर उठाउँदै छन् ।

    images

    बजारमा बंैक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावका कारण शेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले यस्तो तथ्यमा ठूलो लगानीकर्ताको चलखेल देखाइरहेको छ ।

    बैंकहरुले आकर्षक ब्याजदर दिन थालेपछि सर्वसाधारण शेयर कारोबारभन्दा पनि बैंकको ब्याजमा आकर्षित भएको देखिएको छ ।

    सोमवार प्रतिनिधि सभामा नेमकिपाका सांसद प्रेम सुवालले शेयर बजारको दोस्रो बजारमा ७०० जना शेयरकर्ताले भाउ बढाउने कि कम गर्ने भन्ने भन्ने चलखेल चलिरहेको र १०० जनाले मात्र फाइदा लुटिरहेको अभिव्यक्ति दिइरहँदा सर्वसाधारण बेच्न हतारिँदै थिए भने ठूूला लगानीकर्ता सस्तोमा शेयर किनिरहेका थिए ।

    सोमवार २ हजार ८१७ दशमलव ९८ विन्दुबाट सुरू भएको बजार ११४ दशमलव ०२ अंक अर्थात् ४ दशमलव ०५ प्रतिशतले घटेको थियो । सोमवार कूल २२५ वटा कम्पनीको १ लाख ७ हजार ५५६ वटा कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

    सोमवार कारोबारमा आएका १३ वटै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको थियो । सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५६ प्रतिशतले घटेको छ ।

    विकास बैंक समूहको परिसूचक ६ दशमलव ३५ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ६ दशमलव ८ प्रतिशतले घटेको छ ।

    बैंकिङ समूहको परिसूचक २ दशमलव ७ प्रतिशत, व्यापार समूहको ४ दशमलव ८ प्रतिशत, होटल एन्ड टुरिजम समूहको ४ दशमलव ७२ प्रतिशत, निर्जीवन बिमा समूहको ४ दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३९ प्रतिशतले घटेको छ ।

    अन्य समूहको ३ दशमलव ८७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३ दशमलव ०७ प्रतिशत, जीवन बिमा समूहको परिसूचक ५ दशमलव ०७ प्रतिशत, म्युचुअल फन्ड समूहको ३ दशमलव ०८ प्रतिशत र लगानी समूहको परिसूचक ५ दशमलव ३९ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा सोमवार अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ६५ लाख ३१ हजारको शेयर खरिदबिक्री भएको छ । कम्पनीको अन्तिम शेयर मूल्य ६०१ कायम भएको छ ।

    कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । सो कम्पनीको प्रतिकित्ता ६ हजार ६४५ रुपैयाँमा २२ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

    सोमवार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेर अन्तिम शेयर मूल्य ९८९ दशमलव ८० कायम भएको छ ।

    गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले घटेको छ ।

    सिंगटी हाइड्रो इनर्जी, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।

    असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर बढाइसकेका र ब्याजदर अझै बढ्ने अनुमान गरिएपछि खासगरी सर्वसाधारण हतोत्साही भएको देखिएको छ । बैंकहरुले आकर्षक ब्याजदर दिन थालेपछि सर्वसाधारण शेयर कारोबारभन्दा पनि बैंकको ब्याजमा आकर्षित भएका देखिएको छ ।

    कोरोना महामारीका कारण गत साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रहेको थियो तर भदौदेखि लकडाउन खुकुुलो हुन थालेपछि तरलताको अभाव हुँदै ऋणको माग बढ्न थालेको थियो । बैंक तथा वित्तीय संस्थामा अहिले २० अर्ब रुपैयाँ मात्रै तरलता रहेको देखिएपछि बैंकहरुले बढी ब्याज दिँदै निक्षेप संकलन गर्न थालेका छन् ।

    बजारमा तरलताको अभाव हुँदा जसले शेयर होल्ड गर्न सक्छ, उसले नै फाइदा उठाउने भएकाले ठूला लगानीकर्ताहरुले शेयर बजार होल्ड गर्न थालेका छन् । सर्वसाधारण डराउँदै बेच्दै जाँदा नेप्से २५ सय अंकसम्म झरी पुनः ठूला लगानीकर्ताले तिहारपछि बेच्दै गई नाफा कमाउन सक्ने आकलन गरिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २५ २०७७०७:३४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology