आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हमासले आज थप चार शव इजरायललाई हस्तान्तरण गर्ने

हमासले आज थप चार शव इजरायललाई हस्तान्तरण गर्ने

  • एजेन्सी
  • बिहिवार, फाल्गुण १५ २०८१

  • 567
    SHARES

  • हमासले आज थप चार शव इजरायललाई हस्तान्तरण गर्ने

    काठमाडौं ।  प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलले समानान्तर रूपमा आज बन्धक र कैदी रिहा गर्दैछन्। 

    गत साता रिहा गर्ने भनिएका ६ सयभन्दा बढी प्यालेटिनी कैदी रिहा गर्ने विषयमा इजरायल सहमत भएसँगै गाजा युद्धविराम भंग हुने खतरा तत्कालका लागि टरेको छ।

    प्रत्युत्तरमा हमासले आज चार जना मृतक बन्धकको शव इजरायललाई हस्तान्तरण गर्नेछ। हमासले गत शनिबार ६ जना बन्धक रिहा गरेपछि सोही दिन नै इजरायलले ६ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्नुपर्ने थियो। तर, इजरायलले बन्धक रिहाइ अपमानजनक भएको आरोप लगाउनुका साथै थप बन्धक रिहाइ सुनिश्चित नहुँदासम्म ती ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीको रिहाइ अनिश्चितकालका लागि स्थगन गरेको जनाएको थियो।

    तर हमास र मध्यस्थकर्ता देशहरूबीच कायरोमा भएको वार्तामा बन्धक साटासाट सम्बन्धमा सहमति जुटेको हो।

    जनवरी १९ देखि सुरू भएको गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको पहिलो चरण अर्थात् ६ सातामा हमासले ३३ बन्धक रिहा गर्ने र प्रत्युत्तरमा इजरायलले पनि आफ्नो जेलमा रहेका १९ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौता भएको थियो। 

    सोही सम्झौता अन्तर्गत हमासले अहिलेसम्म २० गैरसैनिक र पाँच सैनिक गरी २५ जना जीवित इजरायली बन्धकका साथै ४ इजरायली बन्धकको शव हस्तान्तरण गरिसकेको छ। 

    यसका अतिरिक्त हमासले छुट्टै सहमति अन्तर्गत पाँच जना थाई बन्धकलाई पनि रिहा गरिसकेको छ। प्रत्युत्तरमा इजरायलले करिब एक हजार प्यालेस्टिनी कैदी रिहा गरिसकेको छ।

    युद्धविराम सम्झौता तीन चरणमा लागू हुने भनिएको र दोस्रो चरणका लागि १६औं दिनदेखि नै वार्ता सुरू गरिनुपर्नेमा सो वार्ता भने अझै सुरू हुन सकेको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ७ २०८१०८:५४:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend