आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

थप तीन बन्दी रिहा गर्दै हमास

थप तीन बन्दी रिहा गर्दै हमास

  • एजेन्सी
  • शनिवार, फाल्गुण ३ २०८१

  • 810
    SHARES

  • थप तीन बन्दी रिहा गर्दै हमास

    हमासले प्यालेष्टिनी कैदीहरूको बदलामा आज तीन इजरायली बन्धकलाई रिहा गर्दैछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा नयाँ युद्धको चेतावनी दिएपछि हमासले यो निर्णय गरेको हो। 

    रिहा हुनेमारुसी-इजरायली अलेक्जान्डर ट्रोफानोभ, अर्जेन्टिना-इजरायली यायर हर्न र अमेरिकी–इजरायली सागुई डेकेल चेन छन्। यसअघि, हमासले युद्धविरामका शर्तको उल्लंघनका कारण बन्धकको रिहाइ रोकेको बताएको थियो। हमासले इजरायललाई युद्धविरामका शर्त पालना नगरेको आरोप लगाउँदा इजरायलले भने बन्धक रिहा नगरे हमासलाई समाप्त गरिछाड्ने चेतावनी दिएको थियो। 

    इजरायलसँग जनवरी १९ मा युद्धविराम भएयता हमासले छैटौँ पटक बन्धक रिहा गर्न लागेको हो। तर यो पटक पनि रिहा हुने सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश छैन । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहे पनि अपेक्षित प्रगति देखिएको छ। 

    हालसम्म ५६६ प्यालेस्टिनीको बदलामा १६ इजरायली र पाँच थाई बन्धकलाई रिहा गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १५ २०८१०८:०३:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend