आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शनिबार थप ६ इजरायली बन्धक रिहा गर्दै हमास

शनिबार थप ६ इजरायली बन्धक रिहा गर्दै हमास

  • एजेन्सी
  • बुधवार, फाल्गुण ७ २०८१

  • 1.1K
    SHARES

  • शनिबार थप ६ इजरायली बन्धक रिहा गर्दै हमास

    हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले अनुमति दिने बदलामा थप बन्धकलाई यो हप्ता रिहा गर्न लागेको हो। 

    इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी ६ बन्धकलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ। इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले विज्ञप्तिमा जनाएको छ।

    नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको छ। हमासका एक वरिष्ठ अधिकारी तथा मुख्य हमास वार्ताकार खलिल अल-हयाले एक टेलिभिजन सम्बोधनमा चार शव बिहीबार हस्तान्तरण गर्ने पुष्टि गरे। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १५ २०८१०८:०३:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend