काठमाण्डाै । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७ सय ५८ दशमलव ७५ विन्दुमा पुगेको छ ।
आज बैंक, लगानी, उत्पादन र अन्य समूहको शेयर बढेको छ । अन्य समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको छ । आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ११ अर्ब ५४ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका २ करोड ११ लाख कित्ता शेयर ११ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।