काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६६ अङ्कले बढेर २ हजार ७ सय ५५ दशमलव ४० विन्दुमा पुगेको छ ।
आज बैंक, लगानी, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज अन्य समूहको शेयर ३ दशमलव ७२, उत्पादन समूहको शेयर २ दशमलव ७८ प्रतिशतले उकालो लागेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रिलायन्स फाइनान्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ११ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
शेयर बजारमा झन्डै ३ हप्तापछि साढे ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । यसअघि गएको माघ २१ गते ११ अर्ब ७१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।