आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हलेसीमा भीषण आगलागी, तीन घर जलेर नष्ट

हलेसीमा भीषण आगलागी, तीन घर जलेर नष्ट

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण ५ २०८१

  • 816
    SHARES

  • हलेसीमा भीषण आगलागी, तीन घर जलेर नष्ट

    खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः  नष्ट भएको छ। 

    आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको थियो। आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो।  हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईका अनुसार  स्थानीय नागरिक, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रण्मा लिएका हुन्। 

    स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट  आगो सुरु भएको थियो। पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ। नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ। आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८११०:२६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend