काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउने गरी काँग्रेसले तयारी गरिरहेको बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०८४ आउँदै गरेको भन्दै काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताए। उनले काँग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए।
उनले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरे। उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले आफूलाई पुनरावलोकन गर्नुपर्ने बताए। देशका सबै वामपन्थी एक हुनुपर्ने बताए।
पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्ने कुरा भ्यागुते घमण्ड भएको बताए। उनले नेकपा (माओवादी केन्द्र)ले दक्षिणपन्थी बाटो अँगालेको बताए। नेकपा (एकीकृत समाजवादी) ले पनि सोही बाटो बिराएको बताए। काँग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।