सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

ओलीलाई झलनाथ खनालले पनि साथ छाड्ने संकेत, गरे यस्तो घोषणा

ओलीलाई झलनाथ खनालले पनि साथ छाड्ने संकेत, गरे यस्तो घोषणा

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 7.4K
    SHARES

  • ओलीलाई झलनाथ खनालले पनि साथ छाड्ने संकेत, गरे यस्तो घोषणा

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय विवाद चरम रुपमा पुगेकोछ । यति मात्रै हैन्, प्रधानमन्त्री समेत रहेका ओलीले त, कार्यकारी अध्यक्ष दाहाललाई अब, अलग अलग जाउँ भनेर प्रस्ताव समेत गरिसकेका छन् ।

    शनिबार १२ दिनपछि ओलीसँग भेटवार्ता गरेका प्रचण्डले आज सचिवालयका ६ जना बहुमत सदस्य सम्मिलित भेलामा ब्रिफिङ गरेका थिए । सो ब्रिफिङमा दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादल सहभागी थिए ।

    छलफलपछि नेता  खनालले हिजोको अध्यक्षद्धयको भेटमा ओलीले प्रचण्डसँग 'म पार्टीको निर्णय पनि मान्दिन्, तपाईले जे निर्णय गरे म त्यही मान्छु ? मलाई असहयोग गर्ने ?' भन्दै प्रश्न गरेको बताएका छन् । यसबाहेक ओलीले 'अलग अलग भएर जाऔं' भनेर पनि प्रस्ताव गरेको समेत नेता खनालले बताएका छन् ।

    ओलीको प्रस्तावसँगै पार्टीभित्र गम्भीर संकट आएको समेत बताएका छन् । यसरी ओलीले गम्भीर संकेतगरेसँगै नेता खनालले पनि ओलीको साथ छोड्न सक्ने संकेत गरेका छन् । उनले आफुहरु कसरी एकता जोगाउँने भन्नेमा लागेको समेत बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend