काठमाडौँ- सरकारी रकम खपतका लागि जिउँदै नेताको नाममा प्रतिष्ठान खोल्ने र वर्षेनी बजेट विनियोजन गराउने धन्दाको बल्ल खुलासा भएको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापित फाउण्डेशनले सर्लाहीमा सर्प पालनका नाममा पाएको भनिएको ७२ करोड निकासा काम गर्न नभएर बजेट पचाउन हो भन्ने बुझेका छन्, अर्थ मन्त्रालयका अधिकारीहरुले ।
वर्षैपिच्छे नयाँ आर्थिक वर्ष शुरु हुनासाथ अर्थ मन्त्रालयबाट दुईदेखि तीन करोड रुपैयाँ उक्त फाउण्डेशनले निकासा पाउँदै आएको थियो ।
तराईमा विकराल समस्याका रुपमा रहेको सर्पदंश र त्यसबाट बर्सेनि धेरै संख्यामा मानिस मरिरहेको खतरालाई दृष्टिगत गर्दै त्यसको उपचारका निम्ति वीष उत्पादन गर्ने योजना पेश भएको थियो ।
तर, धेरै वर्षदेखि यो कागजी योजनाका रुपमा मात्र रहँदै आएको छ । त्यो काम गर्न सबभन्दा पहिला जमिन चाहिन्छ । तराईमा हजारौँ विघा ऐलानी जमिन छन् ।
उक्त फाउण्डेशनले तीन बिघा जमिन खरिदका नाममा हिसाब किताब मिलान गर्न यसचोटि एकैपटक ७२ करोड रकमको निकासा पाएको हो ।
कस्तो अचम्मको हिसाब छ भने, सर्प पाल्नका लागि खुलेको अफिसको घरभाडामात्रै वर्षको एक लाख रुपैयाँ देखाइन्छ । जबकि, सर्प अफिसमा पालिँदैन । अनि, फाउण्डेशनको नाममा गाडी छ । जबकि, सर्प पाल्न गाडी पनि चाहिँदैन । जनआस्था
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।