काठमाण्डाै । सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन स्थगित गरेको हो ।
सङ्घले लागत अनुसारको बजार मूल्यवृद्धि गर्नुपर्ने लगायत विभिन्न १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको थियो । छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीले व्यवसायीका जायज माग थप अध्ययन गरी १५ दिनभित्र पूरा गर्ने बताएपछि १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो ।
ग्यास व्यवसायी आजदेखि चरणबद्ध आन्दोलनमा थिए । आउँदाे फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरूले घोषणा गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।