आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ २५ २०८१

  • 750
    SHARES

  • प्रतिनिधि सभा बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ।  आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ।

    बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ।

    त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले  कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्  र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।

    बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

    अध्यादेश निर्णयार्थ पेश गरिने भन्ने बुँदा भने कार्यसूचीमा राखिएको छैन। प्रतिनिधि सभामा कांग्रेस र एमालेसँग मात्रै आरामदायी बहुमत भएपनि राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्न सरकारलाई जसपाको पनि समर्थन आवश्यक रहन्छ।  अध्यादेशबारे जनता समाजवादी पार्टी नेपालले निर्णय नगरेकाले बिहीबारको बैठकका लागि तय भएको कार्यसूची कानुनमन्त्री अजयकुमार चौरसियाको अनुरोधमा हटाइएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १२ २०८३०८:१९:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend