आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रतिनिधि सभा र प्रदेश सभाका लागि कति जनाले दिए उम्मेदवारी? यस्तो छ हिसाब

प्रतिनिधि सभा र प्रदेश सभाका लागि कति जनाले दिए उम्मेदवारी? यस्तो छ हिसाब

  • मिडिया डबली
  • आइतवार, आश्विन २३ २०७९

  • 2.2K
    SHARES

  • प्रतिनिधि सभा र प्रदेश सभाका लागि कति जनाले दिए उम्मेदवारी? यस्तो छ हिसाब

    काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ ।

    आयोगका अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन् ।

    प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

    आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो । अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगको भनाइ छ ।

    सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।

    प्रदेश १मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्‍डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवार छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १२ २०८३०८:१९:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend