सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सामुदायिक विद्यालयमा नि:शुल्क खानेपानी वितरण गर्छु : मन्त्री यादव

सामुदायिक विद्यालयमा नि:शुल्क खानेपानी वितरण गर्छु : मन्त्री यादव

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ २० २०८१

  • 981
    SHARES

  • सामुदायिक विद्यालयमा नि:शुल्क खानेपानी वितरण गर्छु : मन्त्री यादव

    पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै नि:शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताउनुभएको छ ।

    आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

    सामुदायिक विद्यालयहरूमा नि:शुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि नि:शुल्क खानेपानी वितरण तथा जडान गर्नका लागि शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो ।

    सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्‍याउने लक्ष्यसहित काम भइरहेको बताउनुभयो ।  नेपालका नागरिकसहित देशभरका सामुदायिक विद्यालयहरूमा नि:शुल्क रूपमा शुद्ध खानेपानी जडान तथा वितरण कार्य नि:शुल्क रूपमा उपलब्ध गराइने कुरामा विश्वस्त रहन मन्त्री यादवले सबैलाई आग्रह गर्नुभयो ।

    साउथ जोन सेकेन्डरी स्कूलले शिक्षामा राम्रो प्रगति गरिरहेको तथा समग्र पर्सा जिल्ला नै शिक्षामा राम्रो उन्नति गरिरहेको भन्दै मन्त्री यादवले उक्त विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीसहित जिल्लाभरिका विद्यालयहरूलाई बधाई दिँदै अझ प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १९ २०८१०४:३४:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend