आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काभ्रेभञ्ज्याङमा आगलागी : एक महिलाको मृत्यु

काभ्रेभञ्ज्याङमा आगलागी : एक महिलाको मृत्यु

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ १२ २०८१

  • 891
    SHARES

  • काभ्रेभञ्ज्याङमा आगलागी : एक महिलाको मृत्यु

    काठमाण्डौ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा गएराति भएको आगलागीमा एक महिलाको ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार राति साढे बजे श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा उद्योगका कामदार काठमाण्डौको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया टीकादेवी दङ्गालको जलेर ज्यान गएको हो । आगलागीमा घाइते भएका तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    आगोले फर्निचरसहित दुई घर जलेका छन् । बिजुली सर्ट भएर उद्योगबाट शुरू भएको आगो नजिकै रहेका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोमा पुगेको थियो ।

    आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले निभाएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

    आगलागीबाट फर्निचर उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८११०:२६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend