काठमाण्डाै । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै लगानी समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै तथा विकास बैंक, होटल, जलविद्युत्, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज कर्पाेरेट विकास बैंक र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय २२ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै २ महिनायताकै उच्च हो । यसअघि गएको मंसिर १७ गते १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।