काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले एमालेबाट निष्कासित भएका डा भीम रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् । शुक्रबार रावलसँगै श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका थापाले एमाले छोड्न लागेको हल्ला निराधार भएको बताएका हुन् ।
आफू पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा संयोगवश एउटै ‘रो’मा देखिएको स्पष्ट पार्दै अन्य भित्रि उद्देश्य केही नभएको बताए ।
‘म बाजुरामा हुन लागिएको पार्टीको पालिकास्तरीय अधिवेशनमा भाग लिन धनगढी आएको हुँ। उहाँपनि एउटै एयरलाइन्सको टिकट काट्नुभएछ । सँगै फोटो देख्दैमा शङ्का गर्नु राम्रो होइन । म पार्टी कामले आएको हुँ । भीमजी आफ्नै कामले आउनुभएको होला । एमाले छोड्न लागेको हो कि भन्ने हल्ला निराधार हो’, उनले भने ।
आफू पहिला पनि पार्टी हितमा काम गर्दै आएको र भविष्यमा पनि पार्टीलाई बलियो र अनुशासित पार्टी बनाउनेमा सक्रिय भूमिका रहने उनले बताए । एमालेको पूर्वउपाध्यक्ष समेत रहेका रावललाई पुस १० गते बसेको सचिवालय बैठकले निष्कासन गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।