सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा नेता कर्ण थापाको ठोकुवाले प्रचण्ड र माधव नेपाल समुहमा खैलाबैला

नेकपा नेता कर्ण थापाको ठोकुवाले प्रचण्ड र माधव नेपाल समुहमा खैलाबैला

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 6.0K
    SHARES

  • नेकपा नेता कर्ण थापाको ठोकुवाले प्रचण्ड र माधव नेपाल समुहमा खैलाबैला

    काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आयोगले कानुन अनुसार नै उक्त मान्यता दिने ठोकुवा गरेका हुन् ।

    आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बितण्डा मच्चाउने बताए ।‘केपी ओली अध्यक्ष र विष्णु पौडेल महासचिव रहेको नेकपालाई नै निर्वाचन आयोगले मान्यता दिन्छ,’ पूर्व मन्त्री समेत रहेका कर्ण थापाले ठोकुवाका साथ भने,‘कानुन बमोजिम नै यस्तो निर्णय आउँछ त्यसपछि उहाँहरु बितण्डा मच्चाउन थाल्नुहुन्छ ।’ उनले प्रचण्ड र माधव नेपाल कि त पार्टीमा फर्कनुपर्ने कि त अर्को पार्टी खोल्नुपर्ने अवस्थामा पुग्ने बताए ।

    थापाले भने,‘अब उहाँहरुले कि फर्कनुपर्छ कि त नयाँ पार्टी खोल्नुपर्छ ।’राजनीतिक दलसम्बन्धी ऐनमै पार्टी एकता भएको पाँच वर्षभित्र विभाजन हुन नसक्ने व्यवस्था रहेको उल्लेख गरे । उनले भने,‘प्रचण्ड र माधव नेपालहरु अरुका लागि खनेको खाल्डोमा आफै फस्दै हुनुहुन्छ ।’

    थापाले चुनाव तोकिएको समयमै हुने ठोकुवा गरेका छन् । चुनावमा शंका गर्नुपर्ने कुनै कारण नभएको बताए । उनले भने,‘चुनाव हुन्छ हुन्छ, कसैले शंका नगरे हुन्छ ।’ ताजा जनादेशका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको सिफारिश गरेको बताए । अब जनताले नै सबै विषयको टुंगो लगाउने बताए । नेपाली काँग्रेस समेत चुनावप्रति सकारात्मक रहेको बताए । जनताले नै सबै कुराको फैसला गर्ने बताए ।

    सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिन नमिल्ने बताए । उनले भने,‘सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिने गर्न मिल्दैन ।’ प्रचण्ड र माधव नेपाल मिलेर प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने प्रपञ्च रचेको आरोप लगाए । उनले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने,‘उहाँहरुले अरुलाई खनेको खाल्डोमा आफै फस्नुहुन्छ ।’

    बैतडीमा भागिरथी भट्टको बलात्कारपछिको हत्याको भत्र्सना गर्दै दोषीलाई तत्काल पत्ता लगाई कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए । घटनालाई जघन्य भन्दै दोषी उम्कन नहुनेमा प्रष्ट रहेको बताए । भागिरथीको परिवारलाई राहत दिन पहल गरिरहेको समेत बताए ।

    रामकुमारी झाँक्रीले असिष्ट ढंगले बोलेको थापाको टिप्पणी थियो । प्रचण्ड र माधव नेपालको समूहले अशिष्ट ढंगले बोल्नेहरुलाई नै मञ्च दिइरहेको आरोप लगाए । राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गर्ने गरी गालीगलौज गरेपछि गिरफ्तार गरिएको बताए ।

    विश्वव्यापी अभिव्यक्ति स्वतन्त्रताको अर्थ अनैतिक ढंगले गालीगलौज गर्ने भएको तर्क गर्दै भने,‘संस्थाको विरुद्ध तथ्यहीन ढंगले बोल्ने, नैतिक रुपमा धब्बा लगाउने अभिव्यक्ति स्वतन्त्रता भित्र पर्दैन ।’ स्वतन्त्रताको अर्थ अराजकता र स्वेच्छाचारी नभएको बताउँदै सबैको इज्जत र मान राखेर बोल्नुपर्ने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ४ २०८११२:१९:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend